
हेटौँडा, ५ फागुन । पेनाल्टी माफर्त मनाङ मस्र्याङ्दीका सुजल श्रेष्ठले गरेको एक गोल नै विजयी गोल बनेपछि हेटौँडामा शनिबारदेखि सुरु भएको हेटौँडा गोल्डकप फुटबल प्रतियोगितामा मनाङ मर्स्याङदीले विजयी सुरुवात गरेको छ ।
हेटौँडाको वन विज्ञान अध्ययन सस्थानमा भएको उद्घाटन खेलको २८ औँ मिनेटमा एपिएफका सुरज गुरुङले मनाङ मर्स्याङदीका विदेशी खेलाडी भिक्टरलाई फउल गरेपछि पाएको पेनाल्टीमा श्रेष्ठले गोल गरेका हुन् ।
पहिलो हाफमा १–० ले अघि रहेको मनाङ मर्स्याङदी र एपिएफले दोश्रो हाफमा भने कुनै गोल नगरेपछि खेल मनाङ मर्स्याङदीले जित्यो र सेमिफाईनलमा प्रवेश गर्न सफल भयो । प्रतियोगितामा मनाङ मर्स्याङदीका अञ्जन विष्ट म्यान अफ द म्याच भए । खेलपछि प्रतिक्रिया दिँदै मनाङ मर्स्याङदीका कोच छिरिङ लोप्साङले वर्क परमिटको कारण विदेशी खेलाडीले खेल्न नपाउँदा आफूहरुलाई समस्या परेको र सोचेको जस्तो खेल खेल्न नसकको बताए ।
एपिएफका टिमकोच रत्नकाजि महर्जनले टिमले पाएको अवसर सदुपयोग गर्न नसक्दा हार बेहोर्नुपरेको बताए । प्रतियोगिता अन्र्तगत आइतबारको खेल नेपाल प्रहरी र हेटौँडाको विजय युथबिच हुनेछ ।















प्रतिक्रिया