१४ कार्तिक २०८३, शनिबार

मोदीको चिठीमा के छ ?

588
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ फागुन । नेपालस्थित भारतीय दूतावासका प्रवक्ता रुबी जसप्रित शर्माका अनुसार मोदीले चिठीमा ओलीको नेतृत्वमा नेपालमा आर्थिक समृद्धि र विकास हासिल हुने उल्लेख गर्दै नेपालसँगको बहुआयामिक द्विपक्षीय सम्बन्ध थप बलियो हुने विश्वास व्यक्त गरेका छन् ।

मोदीले ओलीलाई भारतमा स्वागत गर्न आफू प्रतीक्षारत रहेको पनि चिठीमा उल्लेख गरेका छन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

ओलीले जवाफमा बधाई तथा शुभकामना दिएकोमा मोदीलाई धन्यवाद दिँदै उपयुक्त समयमा भारत भ्रमण गर्ने बताएका छन् । ओलीले मोदीलाई जनकपुर र मुक्तिनाथको तीर्थयात्रासमेत गर्ने गरी नेपाल भ्रमणका लागि आमन्त्रण गरेका छन् । ओली सांसद निर्वाचित भएपछि मोदीले गत ६ पुस र ७ माघमा पनि टेलिफोन गरेका थिए ।

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीलाई सार्क सचिवालयका महासचिव अमजद हुसेन बी सियालले बधाई चिठी पठाउँदै ओलीको कार्यकालमा सार्क प्रक्रिया अघि बढ्ने विश्वास व्यक्त गरेका छन् ।

पाकिस्तानको विदेश मन्त्रालयका प्रवक्ता डा. मोहम्मद फैसलले पाकिस्तान सरकारका तर्फबाट प्रधानमन्त्री ओलीलाई बधाई दिएका छन् ।

पाकिस्तानले ओली नेतृत्वको सरकारले विकास र समृद्धिको दिशामा नयाँ युगको थालनी गर्ने विश्वास व्यक्त गरेको र पाकिस्तानको नेतृत्वले ओलीसँग मिलेर सम्बन्ध थप सुदृढ गर्न चाहेको पनि प्रवक्ता फैसलले उल्लेख गरेका छन् ।

यसअघि बिहीबार ओली प्रधानमन्त्री निर्वाचित भएलगत्तै बंगलादेशकी समकक्षी शेख हसिनाले बधाई र औपचारिक भ्रमणको निमन्त्रणा दिएकी थिइन् । यसैगरी, अमेरिकी राजदूत अलाइना बी टेप्लिट्जले प्रधानमन्त्री ओलीलाई बधाई दिएकी थिइन् ।