२ कार्तिक २०८३, सोमबार

प्रधानमन्त्री देउवाको राजीनामा आजै आउँछ : मन्त्री विश्वकर्मा

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २ फागुन । वाणिज्यमन्त्री मीन बहादुर विश्वकर्माले आफूहरु एमाले–माओवादी केन्द्रबीचको एकताको पक्षमा भएकोले एकतासँगै मुलुकमा आर्थिक समृद्धि र विकासको ढोका खुल्ने विश्वास व्यक्त गरेका छन् ।

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री विश्वकर्माले आफू सुरुदेखि नै दुई पार्टीवीचको एकताको पक्षमा रहेकोले एमाले–माओवादीबीच एकता भए मुलुक र जनताको लागि पनि शुभ हुने विश्वास दिलाए । उनले भने, ‘म त दुई पार्टी मिल्नुपर्छ भन्ने पक्षको मान्छे हुँ, उहाँहरुबीच एकता भयो भने यो खुशीको कुरा हो, यदि भएन भने पनि उहाँहरुलाई एक बनाउन अर्थात मिलाउनको लागि काँग्रेसले मध्यस्थता गर्छ, म यही मञ्चबाट विश्वास दिलाउन चाहन्छु ।’

नेता विश्वकर्माले निर्वाचन आयोगले प्रतिनिधि सभा समानूपातिकतर्फको परिणाम राष्ट्रपतिसमक्ष बुझाए बुधबार नै प्रधानमन्त्री शेरबहादुर देउवाको राजीनामा आउन सक्ने पनि स्पष्ट पारे । उनले भने, ‘आयोगले आज (बुधबार) मतपरिणाम बुझायो भने प्रधानमन्त्रीज्यूले आजै साँझ राजिनामा दिनुहुन्छ, हामी तयारी अवस्थामा छौँ ।’

उनले मुलुकलाई सही दिशातर्फ डोर्याउनको लागि काँग्रेस नेतृत्वको सरकारले महत्वपूर्ण जिम्मेवारी पूरा गरेको स्मरण गराए । त्यस्तै उनले आफूहरुले गरेका निर्णयहरुमा अरु दलले विरोध जनाएपनि ती निर्णयहरु पूर्णतयः देश र जनताको हितलाई केन्द्रविन्दुमा राखेर गरिएकोले विरोध गर्नुको कुनै अर्थ नहुने स्पष्ट पारे ।

मन्त्री विश्वकर्माले देउवा नेतृत्वको सरकारले मित्रराष्ट्रहरुसँगको सम्बन्ध सुमधुर बनाउनुको साथै अन्र्तराष्ट्रिय सम्बन्ध पनि राम्रो बनाउन सफल भएको स्पष्ट पारे । उनले वर्तमान सरकारले रचनात्मक र जनप्रिय कामहरु गरेको फेहरिस्त सुनाएका थिए । त्यस्तै उनले आफूहरुले भुकम्पपीडितको लागि थप एक लाख दिने निर्णयपनि सोचविचार गरेर नै गरेको जिकिर गरे ।