२ कार्तिक २०८३, सोमबार

बासेलविरुद्धको खेलमा म्यान्चेष्टर सिटीको सानदार जित

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २ फागुन । च्याम्पियन्स लिग अन्तर्गत मंगलबार रातिको भएको एफसी बासेलविरुद्धको खेलमा म्यान्चेष्टर सिटीले सानदार जित हासिल गरेको छ । सिटीले बासेललाई ४–० गोलले हराउँदै फराकिलो जित निकालेको हो ।

सिटीले पहिलो हाफमा नै ३ गोल गरेको थियो । बासेलको घरेलु मैदानमा भएको खेलमा सिटीका इल्के गुुन्डोगानले २ गोल गरे । गुन्डोगानले १४ औँ मिनेटमा गोल गर्दै सिटीलाई पहिलो अग्रता दिलाए । त्यसको ४ मिनेटपछि बर्नाडो सिल्भाले सिटीको अग्रता दोब्बर बनाए ।

त्यस्तै, २३ औँ मिनेटमा सर्जियो एग्युरोले गोल गरे । ५३ औँ मिनेटमा गुुन्डोगानले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई ४–० को अग्रता दिलाए । बासेललाई हराएको सिटी क्वाटरफाइनलको यात्रा सहज बनाएको छ । –एजेन्सीको सहयोगमा