काठमाडौं । विभिन्न म्यूजिक भिडियोमा बफादार प्रेमीको अभिनयमा देखिएका संचारकर्मी तथा मोडल पवन भट्टराई प्रेम दिवसको मुडमा प्रस्तुत भएका छन् ।
भ्यालेन्टाइन डेको पूर्वसन्ध्यामा आकर्षक फोटो सुटमार्फत पवनले प्रेमलाई उश्रृखंलतामा नभइ रोमान्टिक मुडमा प्रस्तुत हुनुपर्ने बताएका छन् ।
खोटाङमा जन्मिएका पवनले पत्रकारित सँगसगै मोडलिङलाई सभ्य र सम्मानित बनाउँदै भ्यालेन्टाइनलाई रोमान्टिक तथा सन्देशमुलक बनाउन आग्रह गरेका छन् ।
रेड क्याजुअल ड्रेसमा सजिएका पवन र मोडल सीमा ढकालको ड्रेसअप र पोजले भ्यालेटाइनको मुड झल्काएको छ । क्यामेरामा सुजय गौतमले राम्रो भूमिका निर्वाह गरिदिएका छन् ।
मोडलद्वय पवन र सिमाले प्रेम दिवसलाई शिष्ट र मर्यादित बनाउन आग्रह गरेका छन् । प्रेम दिवसले प्रेमी–प्रेमिकाबीच मात्र नभइ सम्पूर्ण मानवबीच प्रगाढ प्रेम हुनुपर्ने उनीहरूको धारणा छ ।

















प्रतिक्रिया