काठमाडौं, २ फागुन । ५१ मा प्रष्ट देखिन्छ । यसरी सजिलै जित्नपर्ने, तर परिणाम आउँछ जम्मा २४ भोट । १७ भोट भएको मान्छे २६ भोटले जित्छ । त्यसमाथि पत्याइ नसक्नुको बदरकाण्ड छ, एमालेभित्र ।
यस्तो काण्ड चल्दा एउटा प्रदेशमा बन्लिन् भनेकी महिला मुख्यमन्त्री, बनिनन् । एकमात्र महिला सभामुख हुने अवसर पनि टरेको छ ।
हालै सम्पन्न प्रदेश संसदीय दलको नेता छान्दा एउटा गुटमा भुइँचालो नै जाने गरी अंकमाथि भयंकर गड्बढी चलेको छ, प्रदेश १ मा । त्यहाँबाट जितेका एमालेका ५१ प्रदेश सभा सदस्यमध्ये माधव नेपाल पक्षधर प्रदेश प्रमुख तथा पार्टी सचिव भीम आचार्यँग पहिला ३४ भोट थियो । तर, हारे २६ मत ल्याउने शेरधनराईसँग जम्मा दुई भोटले ।
त्यसमाथि गुटले धोका दिन्छ भनेर अनुमानै नगरिएका एकजना सभासदले बुझिने गरी मत बदर गराएका छन् । जनआस्था साप्ताहिकले समाचार छापेको छ ।
प्रदेश ३ मा गुटका आधारमा अष्टलक्ष्मी शाक्यले जित्ने हिसाब पहिलदेखि नै थियो । तर, उनी पार्टीकी एकमात्र महिला उपाध्यक्ष, प्रदेश प्रमुख भएका कारण उनैलाई देशको एकमा महिला मुख्यमन्त्री बनाउनुपर्छ भन्नेमा फरक गुटकै नेता पनि तयार थिए ।
तर, मतदान यसरी भयो कि, ओलीपक्षधर सभासदहरू भोट हाल्नका लागि एउटा गाडीमा एकसाथ च्यासल पुगे । उत्रिनासाथ भोट हाले । भोट हालिसकेको १८ मिनटभित्रै परिणाम आयो, ३४ र २४ को । १० मतको अन्तरमा अष्टले हारिन, डोरमणि पौडेलले जिते ।












प्रतिक्रिया