शुक्रबार, ३० कार्तिक २०७५
DainikNepal.com
शुक्रबार, ३० कार्तिक २०७५

आईसीसी डिभिजन टु : केन्याले नेपाललाई दियाे १७८ रनको टार्गेट, सन्दीपले लिए ५ विकेट

दैनिक नेपाल २०७४ माघ २९ गते १६:४८

काठमाडौँ, २९ माघ । आईसीसी विश्व क्रिकेट लिग डिभिजन ‘टु’ को अाफ्नाे चौँथो खेलमा नेपालले सोमबार केन्याविरुद्ध खेल्दैछ ।

टस हारेर ब्याटिङको निम्तो पाएको केन्याले नेपालसामु १७८ रनको विजय लक्ष्य पेश गरेको छ । केन्याले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा १७७ रन बनाएको हो ।

केन्याका लागि इर्फान करिमले ४२, एलेक्स ओबाण्डाले ४१, कोलिन्स ओबुयाले २७ तथा नेलशन अाेढियाम्बाेले अविजित २४ तथा सेम गाेचेले अविजित २३ रन बनाए । नेपालका सन्दीप लामिछानेले ५ तथा सोमपाल कामी, बसन्त रेग्मी र शरद भेषवाकरले समान १ विकेट लिए ।

नेपालले अहिले केहीबेरमा ब्याटिङ गर्नेछ ।

प्रतिक्रिया
सम्बन्धित