काठमाडौँ, २९ माघ । आईसीसी विश्व क्रिकेट लिग डिभिजन ‘टु’ को चौँथो खेलमा नेपालले सोमबार केन्याको सामना गर्दैछ ।
नेपालले टस जितेर फिल्डिङ रोजेको छ । अहिले केन्याले ब्याटिङ शुरु गरेको छ । अहिले क्रिजमा केन्याका एलेक्स ओबाण्डा र धिरेन गोण्डारिया छन् ।
यो खेल नेपालको लागि विश्व क्रिकेट लिग डिभिजन २ को अति महत्वपूर्ण खेल हो । नामिबियामा भइरहेको प्रतियोगितामा नेपालले ३ खेलमध्ये २ मा विजय हासिल गर्दै विश्वकपको छनोटमा पुग्ने आशालाई जिवितै राखेको छ ।















प्रतिक्रिया