२ कार्तिक २०८३, सोमबार

यी हुन् कांग्रेसका संभावित समानुपातिक सांसद (नामसहित)

1.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ माघ । नेपाली कांग्रेसले समानुपातिकतर्फको सूचीलाई आन्तरिक रुपमा टुंगो लगाएको छ ।

समानुपातिकतर्फ कांग्रेसले ४० सिट जितेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले राजनीतिक रूपमा सूची टुंगो लागे पनि प्राविधिक ‘क्लस्टर’ मिलाउन बाँकी रहेको जानकारी दिए । समानुपातिक सूचीको ‘क्लस्टर’मिलाउन कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बिहान डाकिएको छ ।

प्रतिनिधिसभा र राष्ट्रिय सभामा गरी कांग्रेसको कुल ७६ सांसद हुनेछन् । जसको ३३ प्रतिशत अर्थात् २६ महिला हुनुपर्ने संवैधानिक प्रावधान छ । राष्ट्रिय सभामा ६ जना महिला निर्वाचित भएकाले कांग्रेसले अब प्रतिनिधिसभाको समानुपातिकतर्फ २० जना महिला पठाए पुग्छ ।

महिला कोटामा कांग्रेसले खस–आर्यबाट ६, दलित ३, आदिवासी जनजाति ६, मधेसी ३, थारू १ र मुस्लिम समुदायबाट १ महिला सहभागी गराउनुपर्ने छ ।

कांग्रेसको प्रत्यक्षमा २३ जना मात्रै निर्वाचत भएका कारण समानुपातिकमा २० जना पुरुष जान पाउने भएका छन् । जसमा खस–आर्य ६, आदिवासी जनजाति ५, दलित ३, मधेसी ३, मुस्लिम १, थारू १ र पिछडिएको क्षेत्रबाट १ जनाको प्रतिनिधित्व गराउने तयारी भइरहेको स्रोतले जनाएको छ ।

मधेसी महिलाबाट मीनाक्षी झा लगातार तेस्रो पटक समानुपातिकमा पर्ने सम्भावना छ । पार्टी केन्द्रीय कार्यालयले अपवादबाहेक एक पटक समानुपातिक सुविधा लिइसकेकालाई नदोहोर्‍याउने भने पनि उनलाई ल्याउन कांग्रेस नेता विमलेन्द्र निधिको दबाब छ । कांग्रेसमा एक पटक समानुपातिक सुविधा लिइसकेका एक दर्जन बढी यस पटक पनि दोहोरिएका छन् ।

कांग्रेसको सम्भावित सूची

खस–आर्य (पुरुष)

बालकृष्ण खाँड
दिलेन्द्र बडु
किशोरसिंह राठौर
सत्यनारायण खनाल
सूर्यबहादुर केसी
मोहन पाण्डे

आदिवासी जनजाति

बहादुरसिंह लामा
कर्मा घले
उमेश श्रेष्ठ
लालकाजी गुरुङ
जिपछिरिङ लामा

दलित

मानबहादुर विश्वकर्मा
मीन विश्वकर्मा
प्रकाश रसाइली

मधेसी

विनोद चौधरी
स्मृतिनारायण चौधरी
नगेन्द्रकुमार राय

महिला (खस–आर्य)

सुजाता कोइराला
पुष्पा भुसाल
डिला संग्रौला
मीना पाण्डे
उमा रेग्मी
दीपशिखा शर्मा

महिला (जनजाति)

ज्ञानकुमारी छन्त्याल
प्रमिला राई
महेन्द्रकुमारी लिम्बू
हीरा गुरुङ
मीना सुब्बा
सुवर्ण ज्वारचन

महिला (दलित)

सुजाता परियार
लक्ष्मी परियार
विमला नेपाली

महिला (मधेसी)

सीतादेवी यादव
चित्रलेखा यादव
मीनाक्षी झा

थारू

पद्यमनारायण चौधरी

मुस्लिम

अतहर कमल मुसलमान

पिछडिएको क्षेत्र

जयपति रोकाय