शुक्रबार, ३० कार्तिक २०७५
DainikNepal.com
शुक्रबार, ३० कार्तिक २०७५

आईसीसी डिभिजन टु : युएईद्वारा नेपालसामु ११५ रनको विजय लक्ष्य पेश

दैनिक नेपाल २०७४ माघ २८ गते १८:४०

काठमाडौँ, २८ माघ । आईसीसी विश्व क्रिकेट लिग डिभिजन ‘टु’ को तेस्रो खेलमा नेपालले आइतबार युएईविरुद्ध खेल्दैछ ।

टस हारेर ब्याटिङको निम्तो पाएको युएईले नेपालसामु ११५ रनको विजय लक्ष्य पेश गरेको छ । युएईले ३१ ओभरमा अलआउट हुँदै ११४ रन बनाएको हो ।

युएईका लागि साईमान अनवारले ३०, अदनान मुफ्तीले १८, गुलाम शाबेरले १६ तथा मोहम्मद बुटाले १५ रन बनाए । युएईलाई ११४ रनमा समेट्न नेपालका सोमपाल कामीले ४, सन्दीप लामिछाने ३, तथा पारस खड्काले २ र करन केसीले १ विकेट लिए ।

नेपालले अहिले केहीबेरमा ब्याटिङ गर्नेछ ।

प्रतिक्रिया
सम्बन्धित