काठमाडौँ, २८ माघ । शनिबार राति भएको खेलमा म्यान्चेष्टर सिटीले लेष्टर सिटीविरुद्धको खेलमा सानदार जित हासिल गरेको छ । सर्जियो अग्युइरोले चार गोल गरेपछि म्यान्चेष्टर सिटीले लेष्टर सिटीलाई ५–१ को पराकिलो अन्तरले हराएको हो ।
सिटीका लागि खेलको तेस्रो मिनेटमा रहिम स्टर्लीङले गोल गर्दै अग्रता दिलाएका थिए । जसमा सर्जियो अग्युइरोले थप ४ गोल गरे । अग्युइरोले ४८ औँ, ५३ औँ, ७७ औँ मिनेटमा गोल गर्दै प्रिमियर लिगको आठौँ ह्याट्रिक पूरा गरे भने ९० औँ मिनेटमा व्यक्तिगत चौथो गोल गर्दै सिटीलाई जित दिलाए । पराजित टोलीका लागि खेलको खेलको २४ औं मिनेटमा जेमी भार्डीले गोल गरेका थिए ।
जितपछि २७ खेलबाट ७२ अंक जोडेको सिटीले दोस्रो स्थानमा म्यानचेष्टर युनाइइटेडसँग १६ अंकको स्पष्ट अग्रता कायम गरेको छ ।















प्रतिक्रिया