काठमाडौं । गायक जय देवकोटाले ‘माटो’ बोलको गीति एल्वम ल्याएका छन् । राष्ट्रिय भाव र विदेशिएका युवाहरूको कथाव्यथालाई समेटेर देवकोटाले गीत बनाएका हुन् ।
विष्णुजंग शाहको शब्द रहेको ‘माटो’ गीतको लय गायक देवकोटाकै हुन् । सुदीप कुँवरले निर्देशन गरेको ‘माटो’को म्युजिक भिडियोमा जय देवकोटाका साथै वीर बीबी र विशालको अभिनय रहेको छ ।
म्युजिक भिडियोलाई छायाँकन वीरेन्द्र भट्ट र सम्पादन श्याम कुँवरले गरेका हुन् । गीतमा सन्तोष पौडेलको मिक्सिङ रहेको गायक देवकोटाले बताए ।
यसअघि पनि राम्रा गीतहरू रेकर्ड गराइ सकेका गायक देवकोटाले नौलो प्रकारको गीत ल्याएको बताए । ‘लोकदोहोरीका साथै आधुनिक गीतहरूमा स्वर दिएको छु’, देवकोटाले भने, ‘युवाहरूको भावनालाई समेटेर ‘मोटो’ बोलको गीतमा स्वर दिएको छु ।’
https://www.youtube.com/watch?time_continue=3&v=oEmLvEO76KE















प्रतिक्रिया