काठमाडौं, २८ माघ । मुलुकको पछिल्लो राजनीतिक अवस्था, समानुपातिक सांसदको सूची र माओवादी केन्द्रसँगको पार्टी एकीकरण लगायतका विषयमा छलफल गर्न नेकपा (एमाले)को स्थायी समितिको बैठक बस्दैछ ।
पार्टी मुख्यालय धुम्बाराहीमा बस्ने बैठकमा समानुपातिक सांसदहरूको सूची तयार पारेर निर्वाचन आयोगमा बुझाउनेबारेमा छलफल हुने एक नेताले जानकारी दिए ।
बैठकमा माओवादी केन्द्रसँगको पार्टी एकीकरणको पछिल्लो अवस्था र नयाँ सरकार गठनका बारेमा पनि छलफल हुनेछ ।
धमाधम प्रदेश सरकारहरू बन्न लागेका विषयमा पनि एमालेको स्थायी समिति बैठकमा छलफल हुनेछ ।















प्रतिक्रिया