४ कार्तिक २०८३, बुधबार

अशोक शर्माले ‘जय भोले’ बनाउने, सौगात-स्वस्तिमाको जोडी रहने

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । निर्माता तथा निर्देशक अशोक शर्माले फिल्म निर्माण गर्ने भएका छन् । शर्माले आफ्नै निर्देशनमा ‘जय भोले’को घोषणा गरेका हुन् ।

फिल्मको कथा सामाजिक विषयवस्त रहनेछ । फिल्ममा कमेडी दृश्यहरू पनि रहनेछन् । खगेन्द्र लामिछानेको पटकथा रहनेछ ।

पुराना अभिनेता भुवन केसीले फिल्म निर्माणमा सफलता पाइरहेका बेला अर्का निर्माता एवम् निर्देशक शर्माले पनि फिल्मको घोषणा गरेका हुन् । शर्माले निर्माण गरेका फिल्महरू यसअघि सबै सफल मानिएका छन् ।

फागूण १ गतेबाट चलचित्रको छायांकन हुनेछ । आगामी दशैँको फूलपातिमा चलचित्र रिलिज हुने अशोकले जानकारी दिएका छन् । फिल्ममा सौगात मल्ल, स्वस्तिमा खड्का, सलोन बस्नेत, राजाराम पौडेलको मुख्य भूमिका रहनेछ ।

वर्ल्ड प्रालि र एए ग्रुप अफ कम्पनिजको ब्यानरमा ‘जय भोले’ निर्माण हुन लागेको निर्देशक शर्माले बताए । फिल्ममा दुई केटा साथीबीचको मित्रता र प्रेमलाई उठान गरेको छ ।

फिल्म निर्माणका बेला १ करोड ६० लाख खर्च हुने शर्माको अनुमान छ । झापा, इलाममा फिल्मको छायाँकन हुनेछ । चलचित्रमा पुरुषोत्तम प्रधानको छायांकन, राजनराज शिवाकोटी र कल्याण सिंहको संगीत, राजु ढुंगानाको सम्पादन, बसन्त श्रेष्ठको नृत्य र रोशनविक्रम भट्टराईको एक्सन रहनेछ ।