काठमाडौँ, २६ माघ । आईसीसी विश्व क्रिकेट लिग डिभिजन ‘टु’ को दोस्रो खेलमा नेपाल शुक्रबार ओमानसँग ६ विकेटले पराजित भएको छ । नेपालले दिएको १३९ रनको लक्ष्य ओमानले ३५ दशमलव १ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो ।
ओमानको जितमा अकिब इल्यासले ४६ रनको योगदान गरे । त्यस्तै, वैभवले ३७ र जतिन्धर सिंहले २४ रन बनाए । नेपालका सन्दीप लामिछानेले २ तथा बसन्त रेग्मी र सोमपाल कामीले १/१ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४६ ओभरमा अल आउट हुँदै १३८ रन बनाएको थियो । नेपालका शरद भेषवाकरले २२, दिपेन्द्र सिंह ऐरीले २०, दीलिप नाथले १९, पारस खड्काले १७ तथा सोमपाल कामीले १७ रन बनाए । नेपाललाई सस्तैमा समेट्न ओमानका कलिमुल्लाहले ४, बिलाल खानले २ तथा फियाज भट्ट, खावर अलि र ओडेड्राले समान १/१ विकेट लिए ।















प्रतिक्रिया