
काठमाडौं, २६ माघ । नेकपा एमालेका नेता राजेन्द्र पाण्डे मुख्यमन्त्रीको दौडबाट पछि हटेका छन् ।
प्रदेश नम्बर ३ को मुख्यमन्त्रीमा दाबेदार रहेका एमाले पोलिट्ब्युरो सदस्य पाण्डे अन्तिम समयमा पछि हटेका हुन् । संसदीय दलको नेता हुँदै मुख्यमन्त्री दौडमा रहेका उनले संसदीय दलमा उम्मेदवारी नै दर्ता गराएनन् ।
किन ?
गएको महाधिवेशनमा माधव नेपाल खेमाबाट चुनाव लडेका पाण्डे पछिल्लो समय संस्थापन पक्षसँग नजिक भएका थिए । संस्थापन पक्षले आफूलाई टिकट दिनेमा उनी ढुक्क देखिन्थे । अधिकांश प्रदेश सांसदको सहानुभूति भएकाले संस्थापनको टिकट पाएमा सजिलै संसदीय दलको नेता बन्ने उनको विश्वास थियो । तर, संस्थापन पक्षबाट बिहीबार डोरमणि पौडेलले टिकट पाए । राति अबेरसम्म पनि आफू नै आधिकारिक बन्ने उनको विश्वासमा ठेस लाग्यो ।
‘चुनावमा गएपछि जित्नुपर्छ, तर नजिने जस्तो लागेपछि के चुनावमा जानु जस्तो लाग्यो, त्यसैले उम्मेदवारी दर्ता गरिन् ।’- उनले भने ।
उनले उम्मेदवारी दर्ता नगराए पनि कस्लाई समर्थन गर्ने भन्ने बारे केही बताएनन् । पाण्डेलाई उम्मेदवारी दर्ता नगराउन माधव नेपाल समूहका सांसदहरुले पनि दबाब दिएका थिए ।















प्रतिक्रिया