काठमाडौँ, २५ माघ । आईसीसी विश्व क्रिकेट लिग डिभिजन ‘टु’ को पहिलो खेलमा नामिबियाले नेपालसामु १३९ रनको विजय लक्ष्य पेश गरेको छ ।
टस हारेर ब्याटिङको निम्तो पाएको नामिबियाले ३४ दशमलव २ ओभरमा अलआउट हुँदै १३८ रन बनायो । उसका लागि क्रेग विलियम्सले सर्वाधिक ४१ रन बनाए । त्यस्तै, जेन फ्राइलिंक र जेन ग्रिनले समान २२ रन बनाए ।
नेपालका लागि सन्दीप लामिछाने २ मेडन ओभर राख्दै १८ रन मात्र खर्चेर ४ विकेट लिए । त्यस्तै सोमपालले ३ तथा बसन्त रेग्मी, कप्तान पारस खड्का र शरख भेषावकरले १÷१ विकेट लिए ।
अहिले जवाफि ब्याटिङमा उत्रिएको नेपालले खराब सुरुवात गरेको छ । नेपालका दिलीप नाथ ग्रिनको बलमा क्याच आउट भएका छन् । यो समाचार तयार पार्दासम्म १ विकेट गुमाएर नेपालले २ ओभरमा ८ रन बनाएको छ । अहिले कप्तान पारस खड्का र ज्ञानेन्द्र मल्ल क्रिजमा छन् ।















प्रतिक्रिया