२ कार्तिक २०८३, सोमबार

बल्ल आज आउने भयो प्रतिनिधिसभा समानुपातिकको परिणाम

1.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ माघ । चुनाव भएको दुई महिनापछि निर्वाचन आयोगले आज प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक सांसदको नामावली सार्वजनिक गर्दैछ ।

दलहरुले पाएको मतलाई आधार मानेर आयोगले आज साँझसम्म समानुपातिक सिट बाँडफाँड गर्न लागेको हो । प्रतिनिधिसभा र प्रदेशसभाको मतपरिणाम सार्वजनिक भएको दुई महिना भइसक्दा पनि प्रतिनिधिसभाको समानुपातिकको मतगणना सार्वजनिक हुन सकेको छैन् । निर्वाचन आयोगले कानुनी जटिलता देखाउँदै राष्ट्रियसभाको निर्वाचन सकिएपछि सार्वजनिक गर्ने जनाएको थियो ।

थ्रेसहोल्ड कटाएका एमाले, काँग्रेस, माओवादी, संघीय समाजवादी फोरम र राजपाले मात्र प्रतिनिधिसभामा समानुपातिक सांसद पाउनेछन् ।