
काठमाडौँ, २५ माघ । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले केपी ओली नेतृत्वको सरकारमा आफ्नो पार्टी पनि सहभागी हुने बताएका छन् ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा कुरा गर्दै यादवले बाम गठबन्धनको सरकारमा सहभागी हुने स्पष्ट पारेका हुन्
भावी प्रधानमन्त्री एमाले अध्यक्ष केपी ओलीसँग हात मिलाएर आफ्नो दल सरकारमा जान चाहेको स्पष्ट पार्दै यादवले तर सरकारमा सहभागी हुनका लागि संविधान संशोधनको मुद्दा नछोड्ने पनि बताए ।
“म ओलीसँग हात मिलाएर सरकारमा जान चाहन्छु, तर संविधान संशोधन हुनुपर्छ” – यादवले भने । जनताको म्यान्डेटअनुसार वाम गठबन्धनकै नेतृत्वमा सरकार बन्नुपर्नेमा यादवले जोड दिएका छन् ।
प्रदेश नम्बर २ मा राजपासँग मिलेर नै सरकार बनाइने यादवले बताएका छन् । मुख्यमन्त्री आफ्नो दलबाट लालबाबु राउतलाई बनाइने र सभामुख राजपालाई दिने यादवको भनाई छ ।















प्रतिक्रिया