काठमाडौँ, २४ माघ । एसएन ईन्टरनेशनल ईभेन्ट्सद्वारा निर्मित वेब सिरिज ‘एरेन्ज लभ’ को परिकल्पना सार्वजनिक गरिएको छ ।
रिपोर्टर्स क्लब नेपालमा एसएन ईन्टरनेशनल ईभेन्ट्सले पत्रकार सम्मेलन गरेर यस्तो जानकारी दिएको छ । वेब सिरिज ‘एरेन्ज लभ’का निर्देशक तथा लेखक फराज अर्पणले २१ औँ शताब्दिमा पनि मागि विवाह प्रचलन कायम रहेको बताएका छन् ।
उनले भने, ‘हाम्रो मुलुक २१ औँ शताब्दिमा हिडिरहेको छ, धेरै परिर्वतनका आवाज र क्रान्तिहरु भएका छन् । तर हाम्रो मुलुकमा अझैसम्म पनि मागेर विहे गर्ने चलन बाँकि छ । अभिभावकको दवाबमा परेर विवाह गर्नु कदापि राम्रो होईन । मैले यसलाई फरक तरिकाले अभिनयमा उतार्न खोजेको छु ।’
उनले थपे, ‘जीवनलाई सम्झौताको कसिमा लिएर थन्काउनुको विकल्प मानिससँग हुन्छ भन्ने हाम्रो मान्यता हो । जस्तो विवाहको कुरा शुरु भएपछि केटा र केटीले अभिभावकको दवाबमा परेर विवाह गर्नुको साटो एकअर्कालाई नजिकबाट जान्ने र बुझ्ने नभएसम्म विवाह नगर्नु एउटा उत्तम विकल्प हुनुसक्छ । हामीले यीनै किसिमका सन्देश प्रवाह गरेर यो कार्य गर्दैछाँै ।’
मागि विवाहको बन्धनमा परेका मानिसहरुले त्यसको सामना कसरी गर्न सक्छन ? भन्ने कुरालाई मिहिन रुपमा दृश्य र अभिनयको माध्ययमबाट देखाउने उक्त वेब सिरिजको छायांकन केही समयमै शुरु हुने बताईएको छ । मागि बिवाहको अन्त्य र सामाजिक विचलनमा कमि ल्याउने उद्देश्यले यो सिरिजको थालनि गरिएको आयोजकले जानकारि दिएको छ ।
नयाँ वर्ष २०७५ सालको बैशाख १ गतेबाट भाग १० सम्म सार्वजनिक गर्ने आयोजकले जानकारि दिएको छ । कार्यक्रममा कलाकारहरु स्वस्ति वैद्य, सफल अग्रवाल, साहिल खान लगायतले मन्तव्य राखेका थिए ।















प्रतिक्रिया