काठमाडौँ, २४ माघ । प्रदेश नम्बर ६ को मुख्यमन्त्रीमा पूर्व ऊर्जा मन्त्री महेन्द्रबहादुर शाहीलाई मुख्यमन्त्री बनाउन माओवादी नेताहरुले सहमति जुटाएका छन् । यस शाही र नरेश भण्डारीबीच मुख्य मन्त्रीको लागि कसरत भएको थियो ।
तर कालीकोट प्रदेश (ख) बाट निर्वाचित सांसद शाहीलाई मुख्य मन्त्री बनाउन सबै नेता सहमत भएपछि विवाद टुंगिएको छ । मुख्यमन्त्रीको टुंगो लगाउन माओवादी नेता तथा पूर्वगृहमन्त्री जनार्दन शर्मा सुर्खेत पुगेका थिए ।
नेता शर्मा, प्रदेश इन्चार्ज शक्तिबहादुर बस्नेत र संयोजक मायाप्रसाद शर्माले मुख्यमन्त्रीमा शाहीको टुंगो लगाएका हुन् । यसको औपचारिक घोषणा भने बिहीबार मात्रै गरिने एक माओवादी नेताले बताए ।















प्रतिक्रिया