
काठमाडौँ । टोरेन्टो नेपाली फिल्म फेस्टिबलले नयाँ संस्करणका लागि फिल्म आह्वान गरेको छ ।
युनिभर्सिटी अफ टोरेन्टोको इनिस टाउन हलमा आउँदो मे महिनाको १९ तारिखमा हुन लागेको फेस्टिबलका लागि फ्रेबुअरी २८ सम्ममा फिल्म पठाइसक्नुपर्ने निर्देशक मेरीगोल्ड भण्डारीले बताइन् ।
संसारको जुनसुकै देशबाट नेपाली फिल्ममेकर बनाएको फिल्म, छोटो फिल्म, डकुमेन्ट्रीजस्ता सिर्जना फेस्टिभलमा पठाउन सकिनेछ । फेस्टिभलमा अडियन्स च्वाइस र जुरी च्वाइस अवार्डसहित क्रमशः १५ सय र ५ सय क्यानेडियन डलर प्रदान गरिँदै आएको छ । यसबाहेक फेस्टिभलमा सहभागी फिल्मले दर्शकबाट टिकटबापत् उठेको पैसा पाउने बताइएको छ ।















प्रतिक्रिया