२ कार्तिक २०८३, सोमबार

काठमाडौँमा ठूलो दुर्घटनाबाट जोगियो कतार एयरवेजको जहाज

17.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २३ माघ । कतार एयरवेजको जहाज काठमाडौँको आकाशमा ठूलो दुर्घटना हुनबाट जोगिएको छ । कतारको दोहाबाट काठमाडौँ आउँदै गरेको जहाजले अवतरणका क्रममा गलत बाटो समाउँदा अवतरणमा समस्या भएको हो ।

कतार एयरवेजको उडान नम्बर ६५२ कोे जहाजले गलत बाटोबाट अवतरण गर्न खोजेपछि दुर्घटना हुने अवस्थामा पुगेको थियो । जहाज झन्डै ४५ मिनेट आकाशमै रोकिएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘गुराँस’ प्वाइन्टबाट आउनुपर्नेमा अन्यत्रबाट आउन खोज्दा अवतरण हुन नसकेको बताइएको छ ।

खराब मौसमका कारण गलत बाटोबाट अवतरणको प्रयास गरिएको हुनसक्ने विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थल कार्यालयका अनुसार सो जहाजका कारण अन्य जहाजका उडान पनि प्रभावित भएको थियो ।