
काठमाडौं, २३ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली माओवादी केन्द्रको पेरिसडाँडास्थित हेडक्वार्टरमा जाने भएका छन् ।
नेकपा माओवादी केन्द्रसम्बद्ध योङ्ग कम्युनिष्ट लिग (वाइसीएल) ले २३ औं जनयुद्ध दिवसको अवसरमा फागुन १ गते लागेको कार्यक्रममा प्रमुख अतिथि बनेर ओली जान लागेका हुन् । वाइसीएलले ओली र प्रचण्डलाई प्रमुख अतिथि बनाउन लागेको छ ।
वाइसीएलका अध्यक्ष रामप्रसाद सापकोटा दीपशिखाका अनुसार, एक साता अघि बसेको वाइसीएलको बैठकले २३ औं जनयुद्ध दिवस भव्य रुपमा मनाउने र अध्यक्षद्वय प्रचण्ड र ओलीलाई निम्त्याउने निर्णय गरेको थियो । प्रचण्डले कार्यक्रममा आउने स्वीकृति दिइसकेका छन् भने ओली पनि आउने तयारीमा छन् ।
ओली माओवादीको हेडक्वार्टरमा जान लागेको सम्भवतः यो पहिलोपटक हो ।















प्रतिक्रिया