
काठमाडौं, २२ माघ । पत्रकार एवं साहित्यकार सविन प्रियासनको सातौँ कृति सहनशीला उपान्यासको आइतबार काठमाडौंमा विमोचन गरिएको छ ।
नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री बामदेव गौतमले सहनशीला उपन्यासको विमोचन गर्नुभएको हो । प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष एवं नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष समेत रहेका प्रियासनको उपान्यासका हिसाबले यो पाँचौ हो ।
विमोचन कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सचिव एव्र पार्टी प्रचारविभाग प्रमुख योगेश भट्टराई, माओवादी केन्द्र प्रवक्ता पम्फा भुसाल, नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य, प्रेस काउन्सिलका कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठ, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत लगायतको उपस्थिति रहेको थियो .
ब्रदर बुक्स प्रालि काठमाडौंले बजारमा ल्याएको सहनशीला उपन्यास सामाजिक विषय बस्तुमा आधारित रहेको र महिलाको सवालमा केन्द्रीत रहेको उपन्यासकार प्रियासनले जानकारी दिए । सहनशीला उपन्यासको व्यापक प्रचारप्रसारका लागि देशका विभिन्न शहरहरुमा विशेष कार्यक्रम गर्ने योजना उपन्यासको प्रकाशक संस्था ब्रदर बुक्सले बनाएको छ । एकसय बयान्नबे पेजको सहनशीला उपान्यासको मूल्य दुईसय साठी रुपैँया रहेको छ । विमोचनका अबसरमा दुईसयमा पुस्तक बिक्री गरिएको थियो ।















प्रतिक्रिया