१४ कार्तिक २०८३, शनिबार

प्रदेशमात्रै ११० जना मन्त्री, देशले थेग्ला त ?

868
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २२ माघ । फागुनसम्ममा प्रदेशमा १ सय १० जना मन्त्री हुने भएका छन्। प्रदेश सांसदको २० प्रतिशतसम्म मन्त्री बनाउन मिल्ने संवैधानिक व्यवस्था छ।

संविधानले प्रदेशसभाको अन्तिम परिणाम आएको बढीमा ३० दिनभित्र सरकार बनाइसक्नुपर्ने व्यवस्था गरेको छ। यस आधारमा पनि फागुन ३ गतेसम्म सबै प्रदेशमा सरकार बनिसक्नुपर्ने हुन्छ।

सरकारले प्रदेश प्रमुख र अस्थायी राजधानी तोकेकै दिन निर्वाचन आयोगले पनि माघ ३ गते प्रदेशसभाका समानुपातिक सांसदको परिणाम घोषणा गरेको थियो।

आयोगले माघ ५ गते समानुपातिक सांसदलाई आफ्नै कार्यालयमा प्रमाणपत्र वितरण गरेको थियो भने त्यसको दुई दिनपछि अर्थात् माघ ७ गते सम्बन्धित प्रदेशको अस्थायी मुकाममा प्रदेशसभाका सांसदको शपथग्रहण भएको थियो। निर्वाचित सांसदले भने निर्वाचित भएसँगै जिल्ला निर्वाचन कार्यालयबाट प्रमाणपत्र पाएका थिए।

प्रत्येक निर्वाचन क्षेत्रबाट २ जना निर्वाचित र नेपाललाई एउटा निर्वाचन क्षेत्र मानेर आउने सबै पार्टीका समानुपातिक ३ सय ३० गरी ७ वटा प्रदेशमा ५ सय ५० सांसद रहेका छन्। जसको २० प्रतिशत १ सय १० जना हुन्छ।

१ नम्बर प्रदेशमा ९३, २ नम्बरमा १ सय ७, ३ नम्बरमा १ सय १०, ४ नम्बरमा ६०, ५ नम्बरमा ८७, ६ नम्बरमा ४० र ७ नम्बरमा ५३ सांसद रहेका छन्। बढीमा १ नम्बरमा १९, २ नम्बरमा २१, ३ नम्बरमा २२, ४ नम्बरमा १२, ५ नम्बरमा १७, ६ नम्बरमा ८ र ७ नम्बरमा ११ जना मन्त्री बन्नेछन्। आजको नेपाल समाचारपत्रमा खबर छ ।