४ कार्तिक २०८३, बुधबार

चर्चामा साम्राज्ञीको ट्याटु

1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह यति बेला निकै चर्चामा छिन् । कारण हो उनको ट्याटु । साम्राज्ञी आफ्नो नयाँ ट्याटुको कारण सामाजिक सञ्जालमा निकै चर्चामा रहेकी हुन् ।

केही समय अघि उनले त्यो ट्याटु सार्वजनिक गरेकी थिइन् । ट्याटु हेर्दा निकै वास्तविक जस्तै देखिन्छ । तर उनले सो ट्याटु उनको नयाँ चलचित्रको लागि बनाएको पनि चर्चा छ । उनको सो ट्याटु वास्तविक हो या चलचित्रको लागि मात्रै बनाएको हो भन्ने कुरा त उनको नयाँ चलचित्र आए पछि थाहा होला । तर उनको ट्याटुले पनि सामाजिक सञ्जालमा निकै चर्चा कमाएको छ ।

केही समय अघि आरएन सिग्देलको पनि घाँटीमा गिटारको ट्याटु भएको साम्राज्ञीसँगको फोटो सार्वजनिक भएको थियो । आर्यनले उक्त ट्याटु चलचित्र ‘कायरा’का लागि बनाएका थिए ।