काठमाडौँ, २० माघ । आहा–रारा गोल्ड कपको उपाधी विभागिय टोली नेपाल पुलिस क्लवले हात पारेको छ । रुसलान थ्रीस्टार क्लबलाई १–० गोल अन्तरले हराउँदै पुलिस क्लबले १६ औँ आहा–रारा गोल्ड कपको उपाधि चुमेको हो ।
अतिरिक्त समयमा राम वाजीले गरेको गोलले पुलिसलाई च्याम्पियन बनायो । निकै प्रतिष्पर्धात्मक रहेको खेलमा निर्धारित समय गोल रहित बरावरीमा टुंगिएको थियो । २० मिनेट थप गरिएको अतिरिक्त समयको पहिलो हाफमा रामले गोल गरेका हुन् ।
पुलिसले उपाधिसँगै ७ लाख नगद पुरस्कार प्राप्त गरेको छ । उपविजेता बनेको थ्रीस्टारले चार लाख रुपैयाँमा चित्त बुझाएको छ । यस सिजनमा पुलिसको यो दोश्रो उपाधि हो ।















प्रतिक्रिया