
काठमाडौँ, २० माघ । पूर्वगृहमन्त्री जनार्दन शर्माले प्रयोग गर्दै आएको सरकारी कार दुर्घटनामा परेको छ ।
जनार्दनका छोरा प्रकाशले शनिबार बिहान सवा ७ बजे मन्त्री क्वार्टर पुल्चोकबाट सामान सार्ने क्रममा ललितपुर, पुल्चोकको आकाशे पुल मुनि गाडी पल्टिएको हो । चारै वटा चक्का आकाशतिरै फर्कने गरी गाडी दुर्घटना हुँदा पनि गाडीमा सवार दुई जना केही भएको छैन् ।
सेतोलाई रातो प्लेट्मा फेरिएको नेपाल प्रहरीको बा १५ च १४९३ नम्बरको ह्युण्डाइ स्यान्ट्रो कच्याककुचुक भएको छ । गृहमन्त्री बनेपछि जनार्दनले परिवारका लागि प्रहरीबाट यो गाडी तानेका थिए ।
दुर्घटनालगत्तै प्रहरीले घटनाको विषयमा जानकारी दिन पनि आनकानी गरेको छ । दैनिक नेपालले बिहानैदेखि पटकपटक जानकारी लिन खोज्दा पनि ललितपुर प्रहरी परिसरले कहिले पुल्चोक प्रहरीलाई देखाउँदै आएको थियो भने पुल्चोक प्रहरीले आफूहरुलाई भन्न आदेश नभएको बताउँदै आएको थियो ।
ललितपुर प्रहरीले हबल्दार थमनसिंह घर्तीमगरले गाडी हाँकेको जबाफ दिएको छ । तर, जनार्दन शर्माका छोरा आफैले चलाएका कारण दुर्घटना खाली सडकमा यसरी गाडी पल्टिएको त हैन ? आशंका उब्जिएको छ ।
शनिबार अनि एकाबिहानै कारण सडकमा गाडी पातलो थियो । सोहीकारण ठूलो मानवीय क्षति जोगिएको छ । तर, ललितपुर प्रहरीले घटना लुकाउन खोज्नुले आशंका थपिएको छ ।















प्रतिक्रिया