२ कार्तिक २०८३, सोमबार

२० किलो सुनसहित समातिए एयरपोर्टमा कार्यरत नेपाल प्रहरीका असई

8.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० माघ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत नेपाल प्रहरीका असई कुलबहादुर राई २० किलो अबैध सुनसहित पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र अपराध महाशाखाको संयुक्त टोलीले राईलाई बालुवाटारस्थित कोठाबाट पक्राउ गरेको हो । उनको साथबाट अर्का एक जना व्यक्ति पक्राउ परे पनि उनको विषयमा केही खुलाइएको छैन् ।

बिहीबार बिहान एयरपोर्टमा ड्युटी अफिसर रहेका राईले कतारबाट परवेज आलमले ल्याएको अवैध सुन पास गराएका थिए । त्रिभुवन विमानस्थलको रनवेबाट सिधै डोमेस्टिक टर्मिलनमा सुन लगेर राखेका राईले साँझपख आफ्नो डेरामा लिएर गएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।