काठमाडौँ, १९ माघ । हाल फिल्म ‘मद्मावती’का कारण चर्चामा रहेकी बलिउडकी सुपरहिट नायिका दीपिका पादुकोण नेपाल आउने भएकी छन् ।
दीपिका आगमी मार्चमा उनको नयाँ फिल्म छायांकनका लागि नेपाल आउने निर्देशक विशाल भारद्वाजले ट्वीटरमार्फत जानकारी दिएका छन् । दीपिकासँगै अभिनेता इफरान खान पनि नेपाल आउने उनले बताएका छन् ।
नेपालबाटै छायांकनको सुरु गर्ने तयारी गरिएको सो फिल्मको नाम भने तय भइसकेको छैन । सो फिल्म क्रियाज इन्टरटेनमेन्ट र विशला भारद्वाज पिक्चर्सको व्यानरमा निर्माण हुन लागेको हो ।















प्रतिक्रिया