४ कार्तिक २०८३, बुधबार

नायिका स्वेतालाई विवाहका लागि आमाको दवाव

3.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । स्वर्गीय श्रीकृष्ण श्रेष्ठकी पत्नी एवम् नायिका स्वेता खड्कालाई विवाहका लागि माइती पक्षबाट दवाव परेको खुलासा भएको छ ।

खड्कालाई उनकी आमाले विवाहका लागि दवाव दिएको पारिवारिक स्रोतले जनाएको छ । ‘स्व.श्रीकृष्ण श्रेष्ठको देहान्तपछि स्वेताजी एक्लै हुनुहुन्छ’, स्रोतले भन्यो, ‘उहाँकी आमाले एक्लै बस्नुभन्दा विवाह गरेर घरजम गर्न सुझाव दिनुभएको छ ।’ विवाहका लागि स्वेतालाई आमाले सहयोग गर्ने समेत बताइएको छ ।

स्वेतालाई उनकी आमाले विवाहका लागि दवाव दिए पनि कोसँग विवाह हुने हो केही बताइएको छैन । स्वेता आफूले निर्माण गरेको फिल्मको प्रचार प्रसारमा लागेकी छिन् ।