२ कार्तिक २०८३, सोमबार

स्वराजले राष्ट्रपति, प्रधानमन्त्री र प्रचण्डसँग भेटवार्ता गर्दै, आजै दिल्ली फर्किने

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ माघ । नेपाल भ्रमणमा रहेकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजले आज माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

बिहीबार नेपाल आए लगत्तै एमाले अध्यक्ष केपी ओलीलगायत एमाले नेता र मधेसकेन्द्रित दलका नेताहरूसँग भेटवार्ता गरेकी स्वराजले आजको पहिलो भेट प्रचण्डसँग गर्न लागेकी हुन् ।

प्रचण्डसँगको भेटपछि राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्ने कार्यक्रम रहेको छ । भण्डारीलाई भेट्न स्वराज शितल निवास जानेछिन् ।

भण्डारीसँगको भेटवार्ता सकेर उनी प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट्ने कार्यक्रम रहेको छ ।

देउवासँगको भेटवार्तामा कांग्रेसका केही नेताहरू पनि सहभागि हुने बताइएको छ । देउवाले केही सीमित नेताहरूलाई स्वराजसँगको भेटमा सहभागी गराउन लागेका हुन् ।

प्रधानमन्त्री निवास वालुवाटार पुगेर देउवालाई भेटेपछि स्वराज त्यहाँबाट सिधै विमानस्थल पुगेर भारत प्रस्थान गर्नेछिन् ।