–बेलिना थापा
लमजुङ, १८ माघ । लमजुङको परिवेशलाई आधार बनाएर निर्माण गरिएको ‘पानीघट्ट’ नाटक बिहिबार मञ्चन गरीएको छ । पुरु लम्सालको लेखन तथा निर्देशन, मञ्जरी नाट्य समूह लमजुङको आयोजनामा उक्त नाटक मञ्चन गरीएको हो ।
जिल्ला समन्वय समितिको सभाहलमा बिहीबारबाट ‘पानीघट्ट’को मञ्चन शुरु भएको छ । नाटक मञ्चन ३ दिनसम्म हुने निर्देशक लम्सालले बताए । नाटकमा मञ्जरी नाटय समूहमा आबद्ध १६ कलाकारको अभिनय गरेका थिए । १ घण्टा १० मिनेट समय अवधि रहेको नाटकले समाजको यथार्तलाई पस्कन खोजेको भन्दै दर्शकले प्रशंसा गरेका छन् ।
पछिल्लो समय लोप हुँदै गएको ठाडोभाका र पानीघट्टालाई समावेश गरिएको नाटकमा बैदेशिक रोजगारमा जानुपर्ने बाध्यता, त्यसले गर्दा परिवारमा समस्या परेको कुरा देखाइएको थियो । बैदेशिक रोजगारमा गएका कारण गाउँमा महिला र बालबालिकाले लास उठाउनुपर्ने बाध्यता रहेको कुरालाई नाटकमा देखाइएको थियो ।
नाटक हेरीसके पछि प्रदेशसभा सदस्य धनञ्दय दवाडीले नाटकले यथार्तलाई उर्तान खोजेको भन्दै प्रशंसा गरे । समाजको वास्तविकतालाई नाटकले मात्र प्रस्तुत गर्न सक्ने भन्दै नाटकले मन छोएको बताए ।
नाटक शुक्रबार र शनिबार २ सो गरि जम्मा ५ सोमा प्रर्दशन गरिने मञ्जरी नाटय समूह लमजुङका अध्यक्ष केदार बोहाराले जानकारी दिए । सोही अवसरमा गत वर्ष प्रर्दशन गरिएको ‘फडके’ र यस वर्ष प्रर्दशन गरिएको ‘पानीघट्ट’ नाटकलाई समेटेर तयार पारिएको ‘पानीघट्ट’ नामक पुस्तकको विमोचन समेतण् गरिएको छ ।
मञ्जरी नाटय समूह लमजुङका अध्यक्ष केदार बोहाराको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व सांसद जमिन्द्रमान घले, बेंसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्याल, प्रमुख जिल्ला अधिकारी युवराज मैनाली, जिल्ला समन्वय समितिका प्रमुख लोकराज पाण्डे, सुन्दरबजार नगरपालिकाका उपप्रमुख ज्ञानु शाह लगायतको उपस्थिती थियो ।
नाटक ‘पानीघट्ट’ भारत कोलकाताको रवीन्द्रनगरमा आयोजना हुने चौथो अन्तराष्ट्रिय नाटक उत्सव २०१८ मा मञ्चनका लागि छनोटमा परेको छ । फेबु्रवरी २३-२५ (फागुन ११-१३) मा नेपालको प्रतिनिधित्व गर्दै नाटक मञ्चन हुने भएको हो । उक्त नाटय उत्सवमा नेपालबाट ‘पानीघट्ट’ मात्रै छनोटमा परेको लेखन तथा निर्देशक लम्सालले बताए । कोलकातासम्म उक्त नाटक पुर्याउन त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. अशोक थापाले संयोजन गरेका छन् ।















प्रतिक्रिया