४ कार्तिक २०८३, बुधबार

चलचित्र ‘पसिना’को ट्रेलर सार्वजनिक

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १८ माघ । चलचित्र ‘पसिना’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार हाईलाइटस् नेपालको युट्युब च्यानलमार्फत ट्रेलर सार्वजनिक गरिएको हो । मजदुर दिवसको अवसर पारेर चलचित्र २०७५ साल बैशाख १४ गतेबाट प्रदर्शनमा आउने भएको छ ।

‘गरौँ सत्कर्म बगाउ पसिना’ भन्ने स्लोगनका साथ चलचित्रको प्रचार प्रसारको पनि थालनी भएको छ । श्रमिकहरुको हक हितको कथा बोकेको सो चलचित्रको निर्देशन आरबी खत्री ‘शरद’ ले गरेका हुन् ।

चलचित्रले विशेषतः महिला श्रमिकहरुको पिडालाई उठान गरेको छ । चलचित्रमा समाजसेवी शान्ता ढकाल र इन्जिनियर संजय महतोको लगानी रहेको छ । नन स्टप क्रियसनको ब्यानरमा निर्मित चलचित्र ‘पसिना’का कार्यकारी निर्मातामा रमेश एम.के पौडेल रहेका छन् ।

चलचित्र ‘पसिना’मा गौरब पहाडी, अनु शाह, सरोज खनाल, रबि गिरि, धुर्ब कोइराला, जयनन्द लामा, सरोज अर्याल, सृजना अधिकारी, शिवशंकर रिजाल, सुरज केसी र शारदा गिरीको मुख्य भूमिका रहेको छ । जीवन गौतम मुख्य निर्देशक रहेको चलचित्रका निर्माण नियन्त्रक लिसन डीसी र कृष्ण लामा रहेका छन् ।

राजनराज शिवाकोटी, थिराज राई र दिपक शर्माको संगीत रहेको चलचित्रलाई नबिन निरौलाले सम्पादन गरेका छन् भने शिव बिकको नृत्य निर्देशन तथा देव महर्जनको द्वन्द्व रहेको छ ।

हेर्नुहोस् चलचित्र ‘पसिना’को ट्रेलरः

https://www.youtube.com/watch?v=gzH8ElkL1rA