५ कार्तिक २०८३, बिहिबार

सामसुङको ग्यालेक्सी ए–एट प्लस नेपाली बजारमा

994
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १८ माघ । सामसुङ कम्पनीको नयाँ मोबाइल सामसुङको ग्यालेक्सी ए–एट प्लस (A8+) स्मार्टफोन नेपाली बजारमा आएको छ । आकर्षक डिजाइन तथा थुप्रै विशेषताहरु भएको यो स्मार्टफोन न्यूनतम मूल्यमा नेपाली बजारमा ल्याइएको कम्पनीले जनाएको छ ।

सामसुङको ग्यालेक्सी ए–एट प्लसमा ६ जिबी र्‍याम, ६४ जिबी इन्टरनल मेमोरी तथा अतिरिक्त मेमोरीकार्डको प्रयोग गरी २५६ जिबीसम्म बढाउन सकिने क्षमता रहेको छ । यो सामसङको पहिलो डुयल क्यामरा युक्त स्मार्टफोन हो । यसमा ठूलो डिस्प्ले तथा एग्रोनोमिक डिजाइन रहेको छ । यसमा भएका विशेषताहरुले सामसुङको ग्यालेक्सी ए–एट प्लस फोन अझ बढी आकर्षक, एवं अझ बढी चलाउन सहज हुने कम्पनीको दाबी छ ।

‘सामसुङले उपभोक्ताहरुका चाहना एवम् आवश्यकतालाई पूरा गर्ने खालको उपकरण तयार गर्नमा केन्द्रित रहेको छ । यसै सिलसिलामा सामसुङको ग्यालेक्सी ए–एट प्लस स्मार्टफोन प्रस्तुत गरेका छौँ । यसमा भएको इन्फिनिटि डिस्प्ले तथा लाइभ फोकसका साथ डुयल क्यामरा युक्त ग्योलेक्सी ब्डं फोनमा यस अघि अन्य फोनमा नभएका विशेष खास सुविधाहरु विद्यमान् छन् । यो फोन हरेक दृष्टिकोणबाट विशेष रहेको छ’ आइएमबिज, सामसङ नेपालका प्रमुख प्रणय रत्न स्थापितले भने ।

सामसुङको ग्यालेक्सी ए–एट प्लस फोनमा ठूलो स्क्रिन रहेको छ, जुन अगाडि तथा पछाडि एग्रोनोमिक कर्भ ग्लास रहेको छ । आकर्षक ग्लास तथा मेटल फ्रेममा उपलब्ध यो फोनमा सहजै रुपमा हेर्न वा फोनमा भएका सामग्रीहरुसँग सहजै रुपमा अन्तरक्रिया गर्न सकिन्छ । वेग्लै अनुभवका साथ यसमा विनाकुनै रुकावट सिनेमा हेर्न वा गेम खेल्न सकिने कम्पनीले बताएको छ । १८ः५ः९ रेसियोको डिस्पेले गर्दा ग्राहकले पूरै स्क्रिनमा सिनेमाको जीवन्त अनुभव प्राप्त गर्न सक्ने छन् ।

सामसुङको ग्यालेक्सी ए–एट प्लस मा १६ मेगा पिक्सल तथा ८ मेगापिक्सलका क्यामरा रहेका छन् । यसमा एफ १.९ को डुयल क्यामराले गर्दा आफू चाहेको जस्तो सेल्फी खिच्न सकिन्छ । यसमा भएको लाईभ फोकसको विशेषताले गर्दा फोटो खिच्नु अघि वा खिचिसके पछि उच्चस्तरीय फोटो तयार गर्न सकिन्छ । १६ मेगा पिक्सल एफ १.७ रियर क्यामराले गर्दा अध्यारो एवं उज्यालोको अवस्थामा पनि सफा, तथा चहकिलो फोटो खिच्न सकिन्छ । साथै यसमा भएका थुप्रै रमाइला विकल्पहरुको प्रयोग गरी फोटोहरु खिच्न सकिने बताइएको छ ।

सामसुङको ग्यालेक्सी ए–एट प्लसमा फोनलाई अनलक नै नगरी मोबाइलमा आएका जानकारीहरुको विवरण प्राप्त गर्न सकिन्छ । यो आईपी–६८ बाट प्रमाणित छ भने धुलो तथा पानी प्रतिरोधी बनेको छ । सामसङको यो ए सिरिजमा पहिलो पटक गियर भिआरमा पनि प्रयोग गर्न सकिन्छ । सामसुङको ग्यालेक्सी ए–एट प्लस कालो र सुनौलो गरी दुई रंगमा उपलब्ध छ । यसको प्रबर्धनात्मक मूल्य ५९ हजार ९९० तोकिएको कम्पनीले जनाएको छ ।