२ कार्तिक २०८३, सोमबार

बाम गठबन्धन एकता संयोजन समितिको बैठक बस्दै, के-के हुँदैछ निर्णय ?

938
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १८ माघ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा एमाले र नेकपा (माओवादी केन्द्र)को पार्टी एकता संयोजन समितिको बैठक अहिले बस्दै छ । अपरान्ह ५ बजे बसेको बैठकमा बाम गठबन्धनको कार्यदलले प्रदेश सरकार गठनका विषयमा जुटाएको सहमति वाम एकता संयोजन समितिको बैठक बिहीबार पेश गरेको छ ।

बैठकमार्फत सो प्रतिवेदन अनुमोदन गरिने बताइएको छ । अनुमोदन गरेपछि यसले औपचारिकता पाउनेछ । बाम गठबन्धनको कार्यदलले प्रदेश सरकारमा ७०/३० को अनुपातमा भागवण्डा गरेको थियो । जसअनुसार १, ३, ४ र ५ नम्बर प्रदेशका मुख्यमन्त्री र १, ३, ६ र ७ नम्बर प्रदेशको सभामुख एमालेले लिने तथा माओवादी केन्द्रले ६ र ७ नम्बर प्रदेशको मुख्यमन्त्री र ४ र ५ नम्बर प्रदेशको सभामुख लिने सहमति भएको थियो । त्यस्तै १, ३, ६ र ७ नम्बर प्रदेशमा माओवादीले उपसभामुख लिने र ४ र ५ नम्बर प्रदेशमा एमालेले उपसभामुख लिने सहमति कार्यदलले गरेको थियो ।

बिहीबारको बैठकमा पार्टी एकताको नेतृत्व, संरचना र सिद्धान्तबारे पनि छलफल हुने महासचिव इश्वर पोखरेलले बताए । छलफल सकारात्मक रुपमा अघि बढे पूर्व घोषणा अनुसार कार्यदल गठन पनि हुनसक्ने बताउँदै उनले जसले बैचारिक र सांगठनिक खाका तयार गर्ने जिम्मेवारी पाउने जानकारी दिए ।