५ कार्तिक २०८३, बिहिबार

दुध बेचेर मासिक ३० हजार आम्दानी गर्छन् ५३ वर्षीय कृषक भण्डारी

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– मिना बुढाथोकी
सल्यान, १८ माघ । जिल्लाको कालिमाटी गाउँपालिका वडा नम्बर २ झिगानेका ज्योति प्रसाद भण्डारीले भैँसीको दुध बेचेर मासिक ३० हजारभन्दा बढि आम्दानी गर्दै आइरहेका छन् । दुई वर्ष अघि सुर्खेतबाट ३ लाखको लगानीमा उन्नत मुर्रा जातका भैँसी पालेर मनग्य आम्दानी लिदैँ आइरहेका छन् ।

भैँसी पालन व्यवसाय उनलाई आजभोली बरदान सावित भएको छ । जिल्ला पशुसेवा कार्यालय सल्यानले भैँसी पालन सम्बन्धी तालिम दिएपछि त्यस तालिमबाटै प्रभावित भएर भैँसी पालन सुरु गरेको ५३ वर्षीय कृषक भण्डारीले बताए ।

दुई भाई छोरा र घर खर्च कटाएर मासिक ३० हजार आम्दानी हुने गरेको भण्डारीको भनाई रहेको छ । उनले भने, ‘अहिले मसँग ३ वटा भैँसी दुहुना छन् भने ३ पाडापाडी छन् तीन वटा भैँसीबाट दैनिक ३० देखि ४० लिटर दुध बिक्रि गर्दै आइरहेको छु । दुध बेचेरै दुई वटा छोरालाई पढाउने र घरको अरु खर्च धानेको र मासिक ३० हजार बचत हुदै आइरहेको छु ।’

दुध विक्रिका लागि कुनै समस्या नभएको भन्दै उनले कालिमाटी बजारमै दुध पुर्‍याउनै गाह्रो भईरहेको बताए । काम गर्ने इच्छाशक्ति हुने हो भने उमेरले नछेक्ने बताउँदै उनले पैसा कमाउन विदेशनै जानु नपर्ने बताए ।

उनले भने, ‘आजभोली युवायुवतीहरु गाउँमा काम गर्न लाज मानेर विदेशमा गइरहेका छन् तर विदेशमा जस्तो पनि काम गर्न तयार हुन्छन् । मनमा काम गर्ने इच्छाशक्ति हुने हो भने विदेशमा नभई स्वदेशमै पनि विदेशको जति पैसा कमाउन सकिदो रहेछ ।’