५ कार्तिक २०८३, बिहिबार

नगर प्रमुखको पहलमा अवरुद्ध पक्की पुलको काम सुचारू

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– मिना बुढाथोकी
सल्यान, १८ माघ । सल्यानको सल्लीबजारदेखि रुकुम चौहरजारी सडक खण्डको नाथेखोला बन्गाड खोलामा निमाणाधिन पक्कीपुलको अबरुद्ध काम सञ्चालन हुने भएको छ । बन्गाड कुपिण्डे नगरपालिकाका मेयर गोविन्द कुमार पुनको विशेष पहलमा काम सञ्चालन हुने भएको हो ।

निमार्ण कम्पनी, जग्गा मुआब्जा पिडित पक्ष, सडक डिभिजन कार्यालय दाङ लगायतलाई नगर प्रमुखले पटक पटकको सहमति गराउने प्रयास असफल भए पनि अन्त्यमा आएर सहमती हुन पुगेको छ ।

१ वर्षदेखि पुलको अबरुद्ध कामकाज १ हप्ता भित्र सञ्चालन गर्ने गरि वडा ५ का वडा अध्यक्ष कमल विकको अध्यक्षतामा राजनैतिक दल, स्थानीय, निर्माण कम्पनीका प्रतिनिधि, डिभिजन इन्जिनियर नरबहादुर चन्द र जग्गा मुआब्जा पिडित पक्ष विच पुलको काम सुचारु गर्ने सम्बन्धमा सहमती भएको हो ।

विकासका जुनसुकै कामकाजमा अवरुद्ध सिर्जना नगर्न नगर प्रमुख पुनले बन्गाड कुपिण्डेवासिलाई अनुरोध समेत गरेका छन् । विकासको गतिले पछि परेको र पहुँचको हिसावले अपहेलित यो पश्चिम वन्गाड सल्यानलाई सके सहयोग गर्ने तर नसके असहयोग नगर्न मेयरले आग्रह गरे ।

अवरुद्ध पक्की पुलको काम यथासक्य सञ्चालन गर्न मेयर पुनले सबैलाई आग्रह समेत गरेका छन् । हरिहरि जेभि निर्माण सेवाले लिएको पुलको ठेक्काको काम भने २०७४ पौष मसान्तमा सकिएको छ । जेभिले ४ करोड १७ लाखमा पुल निर्माणको लागि डिभिजनसँग सम्झौता गरेको थियो ।