५ कार्तिक २०८३, बिहिबार

सिप्रदीले ल्यायो टाटाको ‘नेक्सन’ गाडी

1.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १८ माघ । टाटाको बहुप्रतिक्षित गाडी ‘नेक्सन’ नेपाली बजारमा आइपुगेको छ । गाडी बुधबार थापाथलीस्थित टाटाको शोरुममा आइपुगेको हो । यसअघि सिप्रदी ट्रेडिङले गाडी ल्याउनु अगाडी नै यसको बुकिङ खुल्ला गरेको थियो ।

बुकिङ गर्नेले गाडी हेर्दा मन नपराएमा बुकिङ गर्दाको रकममा २५ प्रतिशत थपेर फिर्ता गर्ने कम्पनीले दाबी समेत गरेको थियो । अहिले नेक्सनको टेष्ट ड्राइभ समेत गर्न सकिने कम्पनीले जनाएको छ ।

यसको डिजाइन नौलो र सडकमा गुडाउँदा सहज अनुभुति हुने सिप्रदीले बताएको छ । यसमा रिभोट्रोन सिरिजमा १.२ लिटरको टर्बो चार्जयुक्त पेट्रोल इन्जिन र १.५ लिटर डिजल इन्जिन रहेको एसयूभीमा सहज र सरल ड्राइभको लागि ६–स्पिड ट्रान्समिसन समावेश गरिएको छ ।

यसको पेट्रोल इन्जिनले १ सय १० पिएस पावरमा १ सय ७० र डिजल इन्जिनले १ सय १० पिएस पावरमा २ सय ६० एनएम टर्क उत्सर्जन गर्छ । यो आफ्नो सेग्मेन्टमा सबैभन्दा धेरै टर्कयुक्त गाडी भएको कम्पनीको दावी छ ।

गाडीको २ सय एमएमको ग्राउण्ड क्लियरेन्सले ठूलो खाल्डो तथा स्पिड ब्रेकरहरुलाई सजिलै पार गर्न सक्ने खालको भएको कम्पनीले जनाएको छ । अफरोड यात्राको लागि पनि गाडी उत्कृष्ट रहेको कम्पनीको भनाइ छ ।

यसमा ६ दशमलव ५ इन्चको टच स्क्रिन फ्लोटिङ ड्यासबोर्ड म्युजिक सिस्टम समावेस गरिएको छ । सुरक्षाको लागि यसमा डुअल फ्रन्ट एयरब्याग र कर्नर स्थिरता युक्त ‘एन्टीलक ब्रेकिङ सिस्टम विथ इबिडी’ समावेश छ। रियर सिटमा ‘आइएसओ फिक्स चाइल्ड रिस्ट्रेन सिस्टम’ लगायतका उच्चस्तरीय फिचर्स समावेस छन् । चाबीको झण्झट मुक्त गर्न कम्पनीले यसमा पुुस बटन स्टार्ट र सुविधाजनक नियन्त्रण गर्न मिल्ने इलेक्ट्रिक फोल्डेबल मिरर जडान गरेको छ ।