
काठमाडौँ, १७ माघ । त्रिवि शिक्षण अस्पतालका चिकित्सक गोविन्द केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्ध थप कदम चालेका छन् ।
प्रधानन्यायाधीश पराजुलीको नागरिकताको प्रतिलिपी माग्दै डा. केसीले बुधबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दिएका छन् । निवेदन दिनेमा डाक्टर केसीसँगै डा. अभिषेकराज सिंह, अधिवक्ता ओमप्रकाश अर्याल, वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी, शशिविक्रम कार्की, विनोद अर्याल छन् ।
पराजुलीको नाममा फरक फरक समय र उमेरमा नागरिकता जारी भएको भन्दै उनीहरुले नागरिकताको प्रतिलिपी र त्यसबेलाको मिसिल फाइल माग गरेका छन् । निवेदनमा पराजुलीको शैक्षिक प्रमाणपत्र पनि उपलब्ध गराउन माग गरिएको छ ।
डा. केसीले केही दिन पहिले प्रधानन्यायाधिशविरुद्ध आन्दोलनको घोषणा गर्दै अनशन थालेका थिए । अनशनकै क्रममा उनलाई पक्राउ गरी अदालतमा पेश समेत गरिएको थियो । यसबीचमा सरकार र डा. केसीबीच सहमति भए पनि केसीले फेरि थप एक्शन लिएका छन् ।
यस्तो छ निवेदन
















प्रतिक्रिया