मुम्बई । वरिष्ठ बलिउड अभिनेत्री जिन्नत अमानले एक व्यापारीका विरूद्ध मुम्बई पुलिसमा आफूलाई दुर्व्यवहार र गलत मनशायले घुर्ने गरेको भन्दै उजुरी गरेकी छिन् ।
सोमबार उनले इन्डियन पेनल कोडको ३०४ डी तथा ५०९ अन्तरगत सो उजुरी दर्ता गराएकी हुन् ।
मुम्बई प्रहरीका अनुसार दुबैजना एकअर्कासँग परिचित रहेको तर कुने कारणवस दुईको सम्बन्धमा चिसो आएपछी जीन्नतले ती व्यापारीसँग कुरा गर्न बन्द गरेकी थिइन् ।
यसका बाबजुत पनि ती व्यापारीले उनलाई निरन्तर फोन गर्ने तथा पछ्याउने गर्दे आइरहेका थिए । जिन्नतले सुरूमा ती पुरूषलाई सम्झाउने प्रयास गरे पनि सो असफल भएपछी प्रहरीमा उजुरी दिएकी हुन् । – एजेन्सी















प्रतिक्रिया