– माधव बेल्वासे
कपिलवस्तु, १६ माघ । कपिलवस्तुको चन्द्रौटामा माघ १७ देखि २८ गते सम्म हुन लागीरहेको चौँथो चन्द्रौटा कृषि पर्यटन तथा औधोगीक व्यापार महोत्सवको तयारी पुरा भएको छ । ‘कृषि पर्यटन र औधोगीक विकास हाम्रो अभियान, आन्तरिक रोजगार र आत्मनिर्भर समाज हाम्रो पहिचान’ भन्ने नारासहित हुन लागेको महोत्सवमा तयारी पुरा भएको मंगलवार पत्रकार सम्मेलन गरी आयोजकले जानकारी दिएको छ ।
चन्द्रौटा उधोग वाणिज्य संघको आयोजनामा हुने महोत्सवले यस क्षेत्रका धार्मिक एव प्रर्यटकीय क्षेत्रको प्रचार प्रसार र प्रबर्द्धनमा सहयोग पुग्ने संघका अध्यक्ष अलीले बताए । यसपालीको महोत्सवमा शिवगढी, सोनोवागढ, मयादेवीलगायतका मन्दिर तथा एतिहासिक मस्जिदको नमुना निर्माण गरि प्रस्तुत गरिने आयोजकले बताएको छ ।
महोत्सवका आकर्षणहरुमा कृषिजन्य पदार्थ, पर्यटकीय स्थलहरुको प्रचार प्रसार बुद्ध परिपथ, स्थानीय उत्पादनको प्रर्दशनी, राष्ट्रिय तथा स्थानीय स्तरका कलाकारहरुको प्रस्तुति रहने आयोजकले बताएको छ । महोत्सवमा यसवर्ष आँखाको आँखी भौबाट दुई ओटा सम्म कुर्ची उचाल्ने, शरीर माथी गाडी चढाउने, कपालले गाडी तान्ने लगायतका कला भएका व्यक्तिको कलाकारीता हेर्नै अवसर पनि मिल्ने आयोजकको भनाई रहेको छ ।
मेलामा २४० वटा स्टलहरु हुने आयोजकले जनाएको छ । महोत्सवमा १० करोडको कारोवार हुने र १ लाख भन्दा वढी दर्शकहरुले अवलोक गर्ने विश्वास रहेको आयोेजक सस्थाका अध्यक्ष अलिले बताए ।















प्रतिक्रिया