विराटनगर, १५ माघ । नेकपा (एमाले)का नेता तथा मोरङ क्षेत्रनम्बर ६ बाट प्रतिनिधी सभामा विजयी उम्मेदवार लालबाबुु पण्डित बिरामी परेका छन् ।
बिरामी परेका नेता पण्डित विराटनगरस्थित आफ्नै निवासमा आराम गरिरहेको उनका स्वकीय सचिव वासिम आलमले जनाएका छन् ।
पण्डितलाई घाँटीमा समस्या भएका कारण डाक्टरले केही दिन नबोल्न सुझाव दिएको छ । त्यसपछि उनी घरमै आराम गरिरहेको जनाएका छन् ।















प्रतिक्रिया