२ कार्तिक २०८३, सोमबार

देउवाले आज पनि बोलाए मन्त्रिपरिषदको बैठक, के निर्णय गर्लान ?

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १५ माघ । आफ्नै निर्णयका कारण विवादित हुँदै आएका प्रधानमन्त्री शेरबहादुर देउवाले आज पनि मन्त्रिपरिषदको बैठक बोलाएका छन् ।

केहीबेरअघिदेखि बालुवाटारमा जारी बैठकका एजेण्डाहरु भने गोप्य राखिएको छ । सरकारले केही नियुक्ति र सरुवा-बढुवा गर्ने सम्भावना छ। यसैगरी, युवाहरुलाई बेरोजगारी भत्ता दिने लगायतका एजेण्डा पनि रहेको बताइएको छ ।

कामचलाउ सरकारले राज्यलाई दीर्घकालसम्म आर्थिक भार पर्ने निर्णयहरु गरेको भन्दै एमाले र माओवादीले भने विरोध जनाउँदै आएका छन् ।