काठमाडौँ, १५ माघ । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडको नयाँ शाखा काठमाडौँ महानगरपालिक–३० रातोपुलमा स्थापना भएको छ । सो शाखाको नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले सोमवार उद्घाटन गरेका छन् ।
उक्त समारोहमा मन्तव्य व्यक्त गर्दै डेपुटी गभर्नर शिवाकोटीले वित्तीय क्षेत्रमा बैंक तथा ग्राहकहरुले सुशासन कायम गर्नुपर्ने कुरा व्यक्त गरे । नेपाली जनताको सामुन्ने वित्तीय साक्षरताको लागि बैंकहरुले नै ठूलो भूमिका खेल्नु पर्ने भएकोले अबको दिनमा आफ्ना ग्राहक समक्ष विभिन्न कार्यक्रममार्फत बैंक आफै पुग्नुपर्ने अपरिहार्यता रहेको उनले बताए ।
उनले नेपाल सरकारको दुर्गम क्षेत्रमा बैंक पुर्याउने उद्देश्य र नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई दुर्गम क्षेत्रमा वित्तीय सेवा पुर्याउन दिएको निर्देशन अनुरुप यस बैंकले पनि आफ्नो शाखा संजाल सो क्षेत्रहरुमा विस्तार गर्दै लैजाने विश्वास व्यक्त गरे ।
कार्यक्रममा बोल्दै एनसीसी बैंक संचालक समितिका अध्यक्ष उपेन्द्र केशरी न्यौपानेले बैंकले नेपाल राष्ट्र बैंकको नीति तथा निर्देशनहरुलाई पूर्ण रुपमा पालना गर्दै आगामी दिनहरुमा दुर्गम क्षेत्रमा पनि सेवा विस्तार गर्ने प्रतिवद्धता व्यक्त गरे ।
सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले बैंकले निकट भविष्यमै नेपाल राष्ट्र बैंकले तोके बमोजिम बैंकको चुक्ता पूँजी ८ अर्ब पुर्याउने प्रक्रृयामा गई सकेको जानकारी गराए ।
एनसीसी बैंकले २०७४ पौष मसान्तसम्ममा निक्षेप परिचालन ५९ अर्ब तथा ५१ अर्ब कर्जा प्रवाह गरेको छ भने ३५.४५ करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ । बैंकको अधिराज्य भरी हालसम्म ८० वटा शाखा संचालनमा रहेका छन् ।















प्रतिक्रिया