सिड्नी, १५ माघ । पाँच सेटसम्म चलेको थ्रिलिङ फाइनलमा मारिन सिलिचलाई पराजित गर्दै फेडेररले आइतबार छैटौँ पटक अष्ट्रेलियन ओपन टेनिसको उपाधि जिते ।
यो उनको करियरको २०औँ ग्राण्ड्सलाम उपाधि हो र उनी यस्तो सफलता हात पार्ने पहिलो पुरुष खेलाडी बने । महिलामा भने मारगेट कोर्ट, सेरेना विलियम्स र स्टेफी ग्राफले यस्तो सफलता हात पारिसकेका छन् ।
फेडेररले ३६औँ वर्षमा गराणेड्सलामको उपाधि जित्दै उमेर कुनै वाधक नहुने प्रमाणित गरे । फेडेररले सन् २००३ मा पहिलो पटक विम्वलडन ओपनको उपाधि जिततेका थिए ।
त्यसयता १५ वर्षमा स्वीस स्टारले कूल २० उपाधि जिते । यो उपाधिको संख्या कति हो भने कूल ग्राण्ड्सलाम उपाधिको १० प्रतिसत फेडेररले मात्रै जितेका छन् ।
२१ वर्षको उमेरमा पहिलो ग्राण्ड्सलामको रुपमा विम्वलडन जितेका फेडेररले २००९ मा फ्रेन्च ओपन जित्दै करियर स्लाम पूरा गरेका थिए ।
फेडेररले टेनिस करियरमा ९६ उपाधि जितेका छन् र उनी सबैभन्दा धेरै उपाधि जित्नेमा दोस्रोमा छन् । उनीभन्दा अगाडि रहेका अमेरिकाका जिम्मनी कोर्नोर्सले १०९ उपाधि जितेका छन् । – एजेन्सी















प्रतिक्रिया