२ कार्तिक २०८३, सोमबार

पर्यटनमन्त्री देवले जाँदाजादै यसरी देखाए ‘शक्ति’

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ माघ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्र नारायण देवले मन्त्रालयका सचिव महेश्वर न्यौपानेलाई सरुवा गरेर दण्ड दिएका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमलाई हटाउने मन्त्री देवको प्रस्ताव सचिव न्यौपानेले अस्वीकार गरेको भनेर हटाएको आरोप छ । मन्त्री देवका विवादास्पद निर्देशनलाई सचिव न्यौपानेले असहयोग गर्दै आएपछि मन्त्रिपरिषद्को निर्णयबाट न्यौपानेको सरुवा गरिएको छ ।

न्यौपाने मन्त्रीको दबाब थेक्न नसक्दा केही दिनदेखि बिदामा थिए । एक्कासि दिउँसो आफूलाई मन्त्रीले फोन गरेर गौतम हटाएर आचार्यलाई महानिर्देशक बनाउने प्रस्ताव बनाउन भनिएको उनको भनाइ छ ।

गौतम हटाउने प्रस्ताव प्रधानमन्त्री कार्यालयको मुख्य सचिवालयले मन्त्रिपरिषद्को वैठकमा पेस गर्न अस्वीकार गरेको थियो । त्यसलगत्तै मन्त्री देवको ठाडो प्रस्तावमा सचिव न्यौपानेको सरुवा भएको हो । सचिव न्यौपानेको ठाउँमा सार्वजनिक खरिद कार्यालयका सचिव कृष्ण देवकोटालाई मन्त्रालयमा ल्याइएको छ ।

मन्त्री देवले गत भदौ २७ गते मन्त्रीस्तरीय निर्णयबाट प्राधिकरणमा महानिर्देशक सञ्जीव गौतमलाई हटाउने योजनासहित ११ बुँदे स्पस्टीकरण सोधेका थिए । यहीबाट मन्त्री र सचिवबीच विवाद सुरु भएको थियो ।

मन्त्री देवले गौतमबाट आएको स्पष्टीकरण चित्तबुझदो नरहेको भन्दै फेरि असोज पहिलो साता गौतमसँग २४ घण्टे स्पष्टीकरण माग गरेका थिए ।

गौतमको जवाफ पुनः चित्तबुझ्दो नरहेको भन्दै मन्त्री देवले मन्त्रालयमा तीन सदस्यीय एक कार्यदल गठन गर्दै संयोजक बनाएर गौतमलाई हाजिर हुन पत्र पत्र काटेका थिए । तर, मन्त्रीको निर्णयलाई निर्वाचन आयोगले बदर गरेको थियो ।

मन्त्री देवले विमानस्थल स्तरोन्नतिमा लापरबाही गरेपछि ठेक्का रद्द गरिएको स्पेनिस निर्माण कम्पनी सान्जोसेको विषयमा हात हालेका थिए ।

मन्त्री देवले सान्जोसेले सिंगापुरमा दर्ता गराएको मुद्दामा नेपाललाई हराउँदै सात अर्ब हत्याउने योजनाअनुसार ‘सेटिङ’ मिलाएर आर्चायलाई महानिर्देशक बनाउन लागिपरेका थिए ।

मन्त्रीको सबै काम गैरकानूनी रहेको ठहर गर्दै सचिवले असहयोग गरेपछि उनलाई सरुवा गरेको मन्त्रालय स्रोत बताउँछ । नेपालले मुद्दा हारेको अवस्थामा सान्जोसेलाई सात अर्ब क्षतिपूर्ति व्यहोर्न पर्नेहुन्छ ।