काठमाडौँ, ११ माघ । नेपालको ग्रामिण तथा विपन्न क्षेत्रमा बसोबास गरिरहेका बासिन्दाहरुलाई सहज तथा सुलभ रुपमा कर्जा प्रदान गर्नको लागि नेपाल बङ्गलादेश बैंक लिमिटेड, साउथ एशिया फाउण्डेशन नेपाल र साउथ एशिया फाउण्डेशनकाबीच बिहीबार समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
उक्त समझदारी पत्रमा नेपाल बङ्गलादेश बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द प्रसाद ढुंगाना र साउथ एशिया फाउण्डेशन नेपालको तर्फबाट संस्थाका अध्यक्ष डा. शशांक कोइराला तथा साउथ एशिया फाउण्डेशनको तर्फबाट सेक्रेटरी जनरल राहुल बरुवाले हस्ताक्षर गरेका हुन् ।
सो अवसरमा नेपाल बङ्गलादेश बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ढुंगानाले ग्रामिण तथा विपन्न क्षेत्रमा बसोबास गरिरहेका बासिन्दाहरुले सहज तथा सुलभ रुपमा कर्जा प्राप्त गरि साना, मझौला तथा लघुउद्यम व्यवसाय संचालन गरी आफ्नो आयमा वृद्वि गरि आर्थिक जिवनस्तर उकास्न यस सम्झौताले टेवा पुग्ने बताए ।
साथै बैंकले यस प्रकारको सहकार्यले आफ्ना ग्राहक लगायत ग्रामिण क्षेत्रमा बसोबास गर्ने पिछडिएका वर्ग तथा महिलाहरु प्रत्यक्षरुपमा लाभान्वित हुने जानकारी गराएको छ ।















प्रतिक्रिया