काठमाडौँ, ११ माघ । एनएमबी बैंक र नेपाल मेडिसिटी अस्पतालबीच बैंकका ग्राहकहरुलाई १० प्रतिशत छुट दिने सहमति भएको छ । एक वर्षको लागि बैंक र अस्पतालबीच छुटको सम्बन्धन भएको बैंकले बिहीबार जानकारी दिएको छ ।
सहमति अुनसार नेपाल मेडिसिटी अस्पतालमा उपचार गराउँदा बिशेष परार्मश सहित अस्पतालको विभिन्न सेवा तथा सुविधाहरुमा दश प्रतिशतसम्मको छुट प्रदान गर्ने व्यवस्था गरिएको छ ।
ग्राहकहरुले बैंकको डेविट तथा क्रेडिट कार्डको प्रयोग गरि अस्पतालको अन्तराष्ट्रिय स्तरको प्रविधि, उपकरण तथा अनुभवी डाक्टरहरुको उपचार लगायत विभिन्न सेवा तथा सुविधाहरुमा यो विशेष छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
बैंकले ग्राहकहरुलाई लाभान्वित गराउन तथा केही अत्तिरिक्त सुविधा दिने उद्देश्यले लामो समय देखि यस्ता विभिन्न खाले योजनाहरु ल्याउने गरेको बैंकले जनाएको छ ।















प्रतिक्रिया